Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेरुडे र सुर्योदय लघुवित्तको मुल्य समायोजन

नेरुडे र सुर्योदय लघुवित्तको मुल्य समायोजन

काठमाडौं, ९ पौष । नेपाल धितोपत्र बोर्डले नेरुडे लघुवित्त विकास बैंक र सुर्याेदय लघुवित्तको शेयर मुल्य समायोजन गरेको छ । लाभांश प्रयोजनका लागि यी दुवै लघुवित्तको शेयरको मुल्य समायोजन गरेको हो ।

नेरुडे लघुवित्तको शेयरलाई नेप्सेले ८६९ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेरुडेले ११औं वार्षिका साधारण सभामा शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश दिने भएकाले शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार नेरुडेको शेयर आधार मुल्य ९५९ रुपैयाँ रहेको छ । नेरुडेले पौष ९ देखी २९ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गरेको छ । नेरुडेले पौष २९ गते ११औं वार्षिक साधारण सभा बस्दै छ ।

यस्तै सुर्योदय लघुवित्तको शेयर मुल्य ११०८ रुपैयाँ भएको छ । सुर्याेदय लघुवित्तले पौष २२ गते पाँचौं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर दिने भएको छ । सोहि कारणले उसको शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेको अनुसार सुर्याेदयको शेयर आधार मुल्य ६०४ रुपैयाँ रहेको छ । यस्तै साधारण सभामा बोनस शेयरसंगै चार लाख रुपैयाँ नगद लाभांश समेत दिने जनाइएको छ ।

सुर्याेदयले प्रस्ताव गरेको बोनस शेयर पछि चुक्ता पुँजी ४ करोड ७६ लाख रुपैयाँ पुग्ने छ । यस्तै लघुवित्तले १ बराबर १ कित्ता हकप्रद शेयर निष्कासनको प्रक्रियामा रहेको छ । हकप्रद शेयरको पुँजी करण पछि लघुवित्तको चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ पुग्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x