पुस लागेसँगै सुनको भाउमा क्रमिक बृद्धि, आज तोलाको ५४ हजार तीन सयमा कारोबार

काठमाण्डौ, ९ पुस । पुस महिना लागेसँगै सुनको भाउमा क्रमिस बृद्धि भएको छ । पुस महिनाको पहिलो दिन तोलाको ५४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो  ।त्यसपछि क्रमिक रुपमा बढेको सुनको मूल्य आइतबार सम्म आइपुग्दा छ सय रुपैयँले बढेर ५४ हजार नौ सय रुपैयाँमा पुगेको छ ।

तर मंसिर महिनाको तुलनामा पुस महिनामा भने सुनको भाउ केही घटेको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १ गते प्रतितोला ५५ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन विचमा केही उत्तार चढाव विच महिनाको अन्तिम दिन भने १६ सय रुपैयाँले घटेर ५४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तर पुस महिना सुरु भएसँगै सुनको मूल्य क्रमिक रुपले उकालो लागिरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *