Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महालक्ष्मी विकास बैंकको शाखा कार्यालय नवलपुरको कावासोतीमा

महालक्ष्मी विकास बैंकको शाखा कार्यालय नवलपुरको कावासोतीमा

काठमाडौं, ३० जेठ । महालक्ष्मी विकास बैंक लिमिटेडले नवलपुरको कावासोती नगरपालिका वडा नं ८ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै बचत परिचालन योजना कार्यान्वयन अन्तर्गत उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आएको लम्सालले जानकारी दिए ।

बैंकले हाल देशका विभिन्न क्षेत्रमा ९६ वटा शाखा कार्यालय र ३५ वटा एटीएम मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x