Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

किन हुन सकेन शैक्षिक कर्जा कार्यक्रमा युवाको आकर्षण ?

किन हुन सकेन शैक्षिक कर्जा कार्यक्रमा युवाको आकर्षण ?

काठमाडौं,३२ जेठ । सरकारले युवा स्वरोजगार कार्यक्रमका लागि अघि सारेको शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा कार्यक्रमा युवाको आकर्षण कम देखिएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल सम्म शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या जम्मा ६ रहको छ ।

नीजि बाणिज्य बैकहरुको कर्जा  प्रक्रियामा राखेको झनझटिलो प्रक्रियाका कारण युवाहरुको आकर्षण कम देखिएको हो । सरकारले आग्रह गरे अनुशार पाँच प्रतिशत ब्याजदरमा प्राप्त हुने यस्तो कर्जा दिन बैंकले नै चासो नदेखाएपछि कार्यक्रम अलपत्र पर्दै गएको छ ।

आवेदन् प्रक्रिया झन्झटिलो प्रक्रिया देखाउने कर्जा दिन निकै आलटाल गरिरहेको युवाहरु बताउछन् । बैंकमा जाँदा कर्जा नदिने अनि आवेदन नै आएको भन्दै बैंक उम्किने गरेका छन् । धितो मजबुत नभएका कारण बैंक यस्तो कर्जा दिन इच्छुकै छैनन् । बैंकर कारण सरकारको यो योजना असफल भएको सरकारको आरोप छ । शैक्षिक प्रमाणपत्र मात्रै धितो राखेर कर्जा दिँदा जोखिम हुने भएकाले त्यस्तो कर्जा दिन उनीहरू पटक्कै चाहँदैनन् जसका कारण आवेदन दिएका हरुले पनि ऋण पाउन सकेका छैनन् । बैंकर्ससँग छलफल नगरी बिना तयारी सरकारले यस्तो कर्जा ल्याएकाले प्रभावकारी हुन नसकेको बैंकर्सहरुको बताउदै आएका छन् ।

यही बीच अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि लागू गरेको छ । मन्त्रालयले हिजो एक  सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणका लागि आवेदन दिन सक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइने ब्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x