Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

पाल्पामा शुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

पाल्पामा शुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं ३२ जेठ । चालु आर्थिक बर्ष सकिन एक महिना बाकी रहदा स्थानीय तहले महत्वकांक्षी कार्यक्रम अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक महिना भित्र बजेट खर्च गर्ने चापमा रहेका स्थानीय तहले बाटो खन्ने देखि झार गोडने सम्मका कार्यक्रम शुरु गरेका हुन । जस अनुशार पाल्पाको रामपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका ७० युवालाई छनोट गरी शुक्रबारदेखि काममा लगाइएको छ । प्रधानमन्त्री रोजगार कोषमार्फत नगरपालिकाले चालू आर्थिक वर्षमा रु २५ लाख बजेट प्राप्त गरेको छ । पहिलो चरणमा नगरका दश वटै वडाका सात÷सात युवालाई समेटेर कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमबाट करीब १०० युवालाई रोजगार दिने योजना रहेको  बताइएको छ ।

त्यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत ११० युवालाई छनोट गरेको छ । सो कार्यक्रमका लागि सङ्घीय सरकारबाट रु १४ लाख र गाउँपालिकाबाट रु पाँच लाख गरी कूल १९ लाख बजेट विनियोजन गरिएको छ । यसैगरी तानसेन नगरपालिका, पूर्वखोला गाउँपालिका माथागढी गाउँपालिकालाई र बगनासकाली गाउँपालिकाका कार्यक्रम संचालनका युवा छनोट गरी कार्यक्रम तयारी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, सानासाना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, श्क्षिा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्षसम्मका बेरोजगार नागरिक सहभागी हुन पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x