मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा
काठमाडौं,३ असार । भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन अन्तर्गत पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।
पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाका अनुशार हाल पाइप ओछ्याउने काम सम्पन्न भई हाइड्रो टेष्ट, पाइप बेल्डिङ गरेर जोडिएका पाइपको रेडियोग्राफी, पाइप जोडिएको बिन्दुमा एक्स–रे, गर्ने लगायतका काम भइरहेको छ ।
नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको आयोजनाको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको छ ।पाइपलाइनको भारततर्फको मोतीहारीदेखि रक्सौलसम्मको ३२ दशमलव ६५ किलोमिटरसम्म पर्छ भने नेवाल तर्फ ३७ दशमलव २५ किलोमिटरको रहेको छ ।
गत २४ अगस्ट २०१५ मा नेपाल–भारतबीच सो पाइपलाइनबारे सम्झौता भएको थियो । पछिल्लो पटक भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए । कुल २७५ करोड लागत रहेको परियोजनाको भारत सरकारको रु २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोड लगानी रहेको छ ।