पोखरामा १९ औं सडक महोत्सव हुदैं

काठमाडौं, १० पुस । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले डिसेम्बर २८ तारिख देखि जनवरी १ तारिख सम्म पोखराको लेकसाइडमा १९ औं सडक महोत्सव गर्ने भएको छ ।

रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरि महोत्सवको आयोजना गर्न लागेको हो । सडकमै खाऔ, सडकमै नाचौं र सडकमै रमाऔ भन्ने मुल नारा सहित आयोजना गरिने महोत्सवमा लेकसाइडको सहिद चोक देखि खहरे चोक सम्म होटल व्यवसायीहरुले सडकमै पसल राखि स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिने छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा मेलाले ठुलो सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *