
काठमाडौं, ८ असार । सिभिल बैंकले आजदेखि १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । बैंकका संस्थापक सेयरधनी सहित अन्य व्यक्ति तथा संस्थाले आवेदन दिन सक्ने छन् ।
न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सिभिलको संस्थापक सेयर लिलामीमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
Leave a Reply