प्रभु बैंकको शाखा संख्या १ सय ८५ पुग्यो

काठमाडौं, ८ असार । प्रभु बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय संचालनमा ल्याएको छ। सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य सहित सो स्थानमा शाखा संचालनमा ल्याइएको जनाइएको छ।
उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरे । योसँगै बंैकको शाखा संख्या १ सय ८५ वटा पुगेको छ। त्यस्तै, १ सय ४६ वटा एटिएम, र २३ वटा एक्सटेन्सन काउण्टर पनि संचालनमा छन् ।