सुनको आयात बढाउन केन्द्रिय बैंक सहज नीति अबलम्वन गर्न तयार छ : गभर्नर नेपाल

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सुनको आयात बढाउन केन्द्रिय बैंकले सहज नीति अवलम्बन गर्ने बताएका छन । नेपाल रत्न तथा आभूषण संघको बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन ।
तर आयात गरिएको सुनलाई व्यवसायीहरुले आफ्नो मौलिक पहिचानमा ढालि निर्यात गर्नुपर्ने उहाँको भनाई छ । उनले आवश्यक दक्ष कालिगढ निर्माणसँगै नयाँलाई प्रशिक्षण दिन मेसिन खरिदमा पनि सहयोग गर्ने बताए ।
यसैगरि कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले रत्न तथा आभूषण क्षेत्रको प्रवद्र्धनका लागि महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाइन ।
रत्न तथा आभूषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले भने दक्षजनशक्तिको अभावसँगै आयातमा समेत कयौ समस्याहरु रहको भन्दै यस क्षेत्रको संरक्षणका लागि आवश्यक सहयोग गर्न आग्रह गरिन ।