Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आर्थिक राष्ट्रिय गणना २०७५ – सबैभन्दा धेरै रोजगारी दिने क्षेत्रमा थोक तथा खुद्रा व्यापार

आर्थिक राष्ट्रिय गणना २०७५ – सबैभन्दा धेरै रोजगारी दिने क्षेत्रमा थोक तथा खुद्रा व्यापार

काठमाडौं, १७ असार ।  केन्द्रीय तथ्याङ्क विभागले प्रथम आर्थिक राष्ट्रिय गणना २०७५ को नतिजा आज सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । प्रदेशअनुसार सबैभन्दा बढी प्रतिष्ठान प्रदेश नं ३ मा दुई लाख ८२ हजार ९२० छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८०७ प्रतिष्ठान छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार लाख ६० हजार ४२२ दर्ता नभएका र दर्ता स्थिति नखुलेका ३२९ प्रतिष्ठान रहेको विभागले जनाएको छ ।  प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति सङ्ख्या ३२ लाख २८ हजार ४५७ रहेका छन । त्यसमध्ये पुरुष ६२.३ प्रतिशत र महिला ३७.७ प्रतिशत रहेको विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले बताउनुभयो । प्रतिष्ठानमध्ये सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र थोक तथा खुद्रा व्यापार रहेको छ। मोटर गाडी र मोटरसाइकल मर्मत पनि समावेश भएको यस क्षेत्रले झन्डै १० लाखलाई रोजगारी दिएको छ।तथ्याङ्कअनुसार थोक तथा खुद्रा व्यापार, मोटरगाडी र मोटरसाइकल मर्मत गर्ने प्रतिष्ठानमा ९ लाख ८८ हजारले रोजगारी पाएका छन्।

आर्थिक तथ्याङ्कको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था आदि जस्ता प्रतिष्ठान (आर्थिक एकाइ) को विवरण सङ्कलन गर्ने उद्देश्यले विभागले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गतेसम्म गणनाको तथ्याङ्क सङ्कलन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x