Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

खल्तीले जित्यो ‘फिनटेक इन्नोभेसन फन्ड’

खल्तीले जित्यो ‘फिनटेक इन्नोभेसन फन्ड’

काठमाडौं, १९ असार । नेपाली स्टार्ट अप कम्पनी खल्तीले ‘फिनटेक इन्नोभेसन फन्ड’ जित्न सफल भएको छ । खल्ती संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप)ले संयुक्त रुपमा आयोजना गरेको इन्नोभेसन फन्ड जित्न सफल भएको हो ।

खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका १० वटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धि र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने जनाएको छ ।

खल्तीका निर्देशक अरविन्द शाहका अनुसार यस्तो कार्यक्रममार्फत महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुले फाईदा लिन सक्ने छन् ।

खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न सञ्जाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपालसँग सहकार्य गर्ने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x