Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेयर बजार ८.२७ अंकले घटेको दिन ६७ करोड बढीको कारोबार

सेयर बजार ८.२७ अंकले घटेको दिन ६७ करोड बढीको कारोबार

काठमाडौं, १९ असार । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएपनि कारोबार रकममा भने बृद्धि भएको छ ।

हिजो ५५ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा आज ६७ करोड १ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । आज नेप्से ८.२७ अंकले गिरावट आई १२६०.४७ बिन्दुमा रोकिएको छ ।

त्यस्तै १ सय ७७ कम्पनीको ८९ लाख ८५ हजार ३ सय ५३ कित्ता सेयर खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार सिद्धार्थ ईक्विटी ओरिन्टेड स्किमको भएको छ । उक्त स्किमको ५ करोड ५२ लाख रुपैयाँभन्दा बढी सेयर कारोबार भएको छ ।

त्यस्तै सबैभन्दा बढी कमाउनेमा सुर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त वित्तीय संस्थाको प्रतिसेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । युनियन हाइड्रोपावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी गुमाएका छन् । उक्त हाइड्रोपावरको प्रतिसेयर मूल्यमा ६.५५७३८ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x