Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

यूनेस्कोले काठमाडौंका सम्पदालाई तत्काल खतराको सूचीमा नराख्ने

यूनेस्कोले काठमाडौंका सम्पदालाई तत्काल खतराको सूचीमा नराख्ने

काठमाडौं, १९ असार । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले काठमाडौं उपत्यकाको सम्पदालाई तत्काल विश्व सम्पदाको खतराको सूचीमा नराख्ने भएको छ । अजरबैजानको बाकुमा जारी विश्व सम्पदा समितिको ४३ औं बैठकमा काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको विषयमा छलफल भएको थियो ।

छलफलमा चीन, ब्राजिल, जिम्बावेजस्ता देशले यी सम्पदालाई खतराको सूचीमा राख्दा नेपालको पर्यटन प्रभावित हुने भन्दै तत्काल खतराको सूचीमा राख्न नहुने सुझाव दिएका थिए । पुनर्निर्माणको चरणमा रहेकाले एक वर्षको समय दिनुपर्ने उनीहरुको सुझाव थियो ।

एक वर्षको समय दिनेबारे छलफल भएपनि भाषा के राख्ने भन्नेमा निर्णय गर्न छुटै समिति गठन गरिएको छ। बैठकमा यूनेस्कोले काठमाडौं उपत्यकाभित्रका सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव पेश गरेको थियो । यूनेस्कोले लामो समयदेखि सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी नेपाललाई दिइरहेको छ । भूकम्पपछि भने हरेक वर्ष नै खतराको सूचीमा राख्ने प्रस्तावमा छलफल हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x