Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विश्व व्यापार संगठनको सिद्धान्तलाई पालना गर्न सरकारलाई आग्रह

विश्व व्यापार संगठनको सिद्धान्तलाई पालना गर्न सरकारलाई आग्रह

काठमाडौं, १९ असार । नेपाल चेम्बर अफ कमर्शले सरकारलाई विश्व व्यापार संगठन (डव्लुटिओ) को सिद्धान्त पालना गर्न आग्रह गरेको छ । चेम्बरद्वारा आयोजित व्यापारीहरुका साझा समस्याबारे गरिएको छलफल कार्यक्रममा अर्थमन्त्रालयका सचिवहरूलाई उक्त सिद्धान्त अनुरुप सरकार अगाडि बढ्नु पर्ने बताईएको हो ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले डब्लुटिओको सिद्धान्त बाहिर गएर व्यापार नीति अपनाउन नहुने बताए । उनले सम्पत्ति शुद्धिकरणका विषयमा सरकारको नीति उद्योगी व्यवसायी तर्साउने खालको भएकाले भ्रष्टाचार तथा अनियमितालाई मात्रै समावेश गर्ने खालको नीति अपनाउनुपर्ने बताए ।

त्यस्तै अर्थ सचिव डा. राजन खनालले भन्सार सुधारमा सरकार लागि परेकोे बताए । उनले सबैलाई कर तिर्न कन्जुस्याई नगर्न आग्रह गरे । बरु आवश्यक परेको खण्डमा करको दायरामा सरकरले हेरफेर गर्ने उनले जानकारी दिए । उनले भने–‘कर तिर्न कसैले कन्जुस्याईं नगरै बरु के कुरामा सरकारले सुधार गर्नुपर्ने हो, त्यसमा आवज उठाऔं ।’ अर्थ सचिव खनालले इन्सेन्टिपको परमा चल्ने व्यवसाय खतरामा पर्ने पनि बताए ।

राजस्व सचिव लालशंकर घिमिरेले राजस्व परामर्श समितिको सुझाब प्रभावकारी नदेखिएकोले यसलाई छुट्टैबोर्ड बनाएर काम गर्ने सरकारले नीति अपनाईसकेको जानकारी गराए । यसले निजी क्षेत्रको राय समेत आगामी दिनमा समेट्ने उनले किताबमा १० प्रतिशत भन्सार करको प्रयोग विदेशमा समेत रहेको र नेपालले न्यूनतम कर मात्रै लगाएको दाबी गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x