Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंकको क्षमता बढाउँन मर्जरमा जानैपर्छः अर्थ सचिव खनाल

बैंकको क्षमता बढाउँन मर्जरमा जानैपर्छः अर्थ सचिव खनाल

काठमाडौं, १९ असार । अर्थ सचिव डा. राजन खनालले बैंकको क्षमता बढाउँन बैकहरु मर्जरमा जानै पर्ने आवश्यक रहेको बताएका छन् । उनले बुधबार चेम्बर अफ कमर्समा आयोजित छलफल कार्यक्रममा बैंकको संख्या धेरै भएकाले मर्जरमा जानुको विकल्प नभएको बताएका हुन् ।

सचिव खनालका अनुसार बैंकको संख्या राज्यले धान्न नसक्ने गरी बृद्धि भएका छन् । बैंकहरु मर्ज भएर ठूलो भएको अवस्थामा विदेशबाट धेरै पैसा ल्याउन सकिने उनको भनाई छ । उनले भने–‘अहिले बैंकको संख्या अत्याधिक मात्रामा बढेको छ । यसले विदेशी लगानीलाई भित्र्याउन असर गरिरहेको छ । बैंकहरु एक आपसमा मर्जर गरेर क्षमता बढ्न सक्यो भने विदेशी लगानी भित्रिन्छ र बैकमा लगानी योग्य रकमको पनि अभाव कम हुदै जान्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x