Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय सभाबाट बिनियोजन बिधेयक बहुमतले पारित

राष्ट्रिय सभाबाट बिनियोजन बिधेयक बहुमतले पारित

काठमाडौं,२३ असार । राष्ट्रिय सभाले बिनियोजन बिधेयक बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको आज बसेको बैठकले विनियोजन विधेयक २०७६ लाई बहुमतले पारित गरेको हो । यो बिधेयक पारित भए पछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ । संसदमा पेश आर्थिक बिधेयक,राष्ट्र ऋण उठाउने बिधेयक ऋण तथा जमानत सम्बन्धि आश्रित बिधेयकहरु पारित भए पछि बजेट पूण रुपमा पारित भएको मनिन्छ । बैठकमा मन्त्रालयगत छलफलमा सांसदहरुले बजेट सम्बन्धमा राखेका जिज्ञाशाको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका थिए । संसदमा बजेट प्रस्तुत भए लगत्तै राष्ट्रिय सभामा बिपक्षीदलका सांसदहरुले खर्च कटौतीको प्रस्ताव राखेका थिए । सरकारले गएको जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६÷२०७७ को बजेट संघिय संसद्को प्रतिनिधि सभामा प्रस्तुत गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x