Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मन्त्रीपरिषद्को बैठक बीचमै छाडेर किन बाहिरिए आपुर्ती मन्त्री यादव !

मन्त्रीपरिषद्को बैठक बीचमै छाडेर किन बाहिरिए आपुर्ती मन्त्री यादव !

काठमाडौं,२४ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद्‌को बैठक छाडेर बाहिरिएका छन्। सिंहदरबारमा आकस्मिक रुपमा बोलाइएको भनिएको मन्त्रिपरिषद्को बैठकमा केही बेर उपस्थित भएका मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन्।आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएसँगै विवादमा तानिएका मन्त्री यादव वाहिरिनुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।

यादवले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भारत तथा तेस्रो मुलुकबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने निर्णयमा पछि हट्नुको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए। राष्ट्रिय सभाममा पनि सोही कुरा दोहोराउदै गल्ती भए कारवाही गर्न आग्रह गरेका थिए । तर उनले आफु अन्य कार्यक्रममा जानु परेकाले मन्त्रीपरिषदको बैठकमाा बसन्न नसकेको जानकारी दिएका छ । नेकपा अर्का अध्यक्ष पुष्प कमल दाहालको अनुरोधमा भारतीय दुतावासको पत्रलाइ आधार बनाइ विषादी परिक्षणको निर्णयबाट यादव पछि हटेको भन्ने समाचारहरु बाहिर आएका छन् । क्याविनेटमा निर्णय गर्दा पनि यादवले भारतीय दुतावसको पत्रलाइ आधार मानेर निर्णय फिर्ता गराएका थिए । सो निर्णय फिर्ता सँगै सरकारको आलोचनाको ग्राफ बढेको छ ।

सरकारका पछिल्ला निर्णयहरु लगातार विवादमा पर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए। बैठक हिजो पनि बसेको थियो । तर प्रधानमन्त्री र राष्ट्रपतिको भेटको कार्यक्रम रहेकाले आज विहानका लागि बैठक बोलाइएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x