नेपाल दूरसञ्चार कम्पनीले गर्याे बुक क्लोजको मिति संशोधन
काठमाडौं, १२ पौष । नेपाल दूरसञ्चार कम्पनीले शेयर दर्ता किताब बन्दको मिति संशोधन गरेको छ । कम्पनीले पौष १२ देखी ३० गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भनिएता पनि उक्त मितिलाई संशोधन गरि पोष १६ देखी ३० गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ ।
कम्पनीको शेयर दर्ता किताव बन्दको मिति संशोधनको बारेमा नेपाल स्टक एक्सचेन्जलाई सुचित गराइएको छ । कम्पनीले पौष ३० गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा कम्पनीले शेयरधनीहरुलाई प्रति कित्ता ५५ रुपैयाँ नगद लाभांश दिने बताएको छ । कम्पनीले प्रस्ताव गरेको नगद लाभांश सुरक्षित गर्ने शेयरलगानीकर्ताहरुले कम्पनीको शेयर मंसिर १५ गतेसम्म किन्ने पर्नेछ ।