Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल औषधि लिमिटेडले माघ देखि सिटामोल उत्पादन गर्ने

काठमाडौं, १२ पुस । नेपाल औषधि लिमिटेडले आँउदो माघ महिनाको दोस्रो साता देखि सिटामोल उत्पादन गरी बजारमा ल्याउने भएको छ । सिटामोल उत्पादनका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्र आह्वान लगायतका ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

ट्याब्लेट उत्पादनको इकाईको पुनःनिमार्ण काम अन्तिम चरणमा पुगेको छ । गुणस्तर नियन्त्रण शाखा तथा माईक्रोबायोलोजी शाखालाई जिएलपि मापदण्डअनुरुप स्तरोन्नती गरी विभिन्न २८ किसिमका अत्याधुनिक मेसिनहरु जडान गरी पूर्ण रुपमा सञ्चालन ल्याएको छ । यसअघिको सरकारको पालामा पुन संचालनमा ल्याइएको यस कम्पनीले हाल सम्म जिवन जल मात्र उत्पादन गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x