Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नयाँ नेपाल लघुवित्त विकास बैंकको मुल्य समायोजन

नयाँ नेपाल लघुवित्त विकास बैंकको मुल्य समायोजन

काठमाडौं, १२ पौष । लाभांश प्रयोजनका लागि नयाँ नेपाल लघुवित्त विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेप्सेले लघुवित्तको प्रति शेयर २५५४ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार लघुवित्तको शेयर आधार मुल्य १३२७ रुपैयाँ रहेको छ ।

यस लघुवित्तले पौष २७ गते वार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा लघुवित्तले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर तिर्नका लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लघुवित्तले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि १ बराबर २.५ कित्ता हकप्रद शेयर समेत जारी गर्ने भएको छ । बोनस शेयर र हकप्रद शेयर पुँजीकरण पछि लघुवित्तको चुक्ता पुँजी २ करोड रुपैयाँबाट ८ करोड ४० लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x