Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय बर्दियाकोे बांसगढीमा

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय बर्दियाकोे बांसगढीमा

काठमाडौं, २६ असार । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बर्दियाको बांसगढी नगरपालिका वडा न. ५ मा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय २१ पुगेको छ ।

दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

हाल बैंकले १ सय ७५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x