Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

सरकारले सार्वजनिक गर्याे चालु आर्थिक वर्षको मुख्य उपलब्धिहरु

सरकारले सार्वजनिक गर्याे चालु आर्थिक वर्षको मुख्य उपलब्धिहरु

काठमाडौं, २८ असार । सिंहदरवार सरसफाईदेखि कम्पनी रजिष्ट्रारको कार्यालयमा राजश्व संकलनमा विद्युतीय कारोवार लागू गरेको र खसीबोका आयात घटाएको लगायतका विषयलाई उपलब्धीमको रुपमा समेटदै सरकारले चालु आर्थिक बर्षका मुख्य उपलब्धी सार्वजनिक गरेको छ । प्रधामन्त्रीको के पी शर्मा ओलीको निजी सचिवालयबाट सार्वजनिक सरकारका मुख्य उपलब्धीहरुको पहिलो बुदामा १९५ मेगावाट विद्युत थप उत्पादन भई १,३२५ मेगावाट पुगेको उल्लेख छ ।

यी हुन सरकारका मुख्य उपलब्धी

• चालु आ.व.मा १९५ मेगावाट विद्युत थप उत्पादन भई १,३२५ मेगावाट पुगेको । गत आ.व.को तुलनामा यस वर्ष ७७ प्रतिशतले वृद्धि भएको लगायतका कुराहरू समावेश छन् ।

•    ६६ के.भी. र सो भन्दा बढी क्षमताका ७५७ स.कि.मि. प्रसारण लाइन निर्माण भई हालसम्म ४१९५ स.कि.मि. पुगेको,

•    संस्थागत तथा सामुदायिक वायो ग्यास जडान तर्फ यस आ.व.मा ७५ संख्या थप भई हालसम्म १८६ पुगेको,

•    थप ४ लाख २० हजार घरधुरीमा विद्युतीकरण भएको।

•    राष्ट्रिय महत्वका आकर्षक र नाफामूलक २२ वटा जलविद्युत आयोजनाहरुको छनौट भएको ।

•    हालसम्म त्रिशुली ३ बी जलविद्युत आयोजना (३७ मेगावाट), सान्जेन जलविद्युत आयोजना (५७ मेगावाट) र रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट) को शेयर वितरण सम्पन्न भएको ।

•    विद्युतीय सवारी साधनको लागि काठमाडौँ उपत्यकाभित्र १२ वटा र उपत्यका बाहिर ३ वटा गरी जम्मा १५ वटा चार्जिङ्ग स्टेशन जडित रहेको ।

•    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई हरित जलवायु कोषको प्रत्यक्ष पहुँच ईकाइ  (Direct Access Entity) को रुपमा मान्यता प्रदान भएको।

•    मित्रराष्ट्र चीन, भारत र बंगलादेशसँग द्विपक्षिय उर्जा सम्बन्धी सहमति सम्पन्न भएको,

•    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कालोपत्रेस्तरको सडक ९१५ कि.मि., ग्रावेलस्तरको सडक १०५० कि.मि, माटे सडक ३१५ कि.मि,पुल निर्माण २४३ वटा, डि.पि.आर निर्माण(रेलमार्ग तर्फ) ४२१ कि.मी सम्पन्न भएको ।

•    जयनगर- जनकपुर-कुर्था (३५ कि.मि.) रेल लाईन तथा रेल्वे स्टेसन तयार  भई आगामी असोज सम्ममा संचालन हुने अवस्थामा पुगेको । कुर्था-बिजलपुरा खण्ड ( १७ कि.मि.) सहित ५२ कि.मि. खण्डमा आगामी फागुन सम्ममा रेल संचालन हुने अवस्था छ ।

•    बथनाहा – बिराटनगर १८ कि.मि. मध्ये १० कि.मि. संचालनको लागि तयार भएको छ ।

•    रक्सौल – काठमाडौँ (१३५ कि.मि.) र काठमाडौँ – रसुवागढी (७२ कि.मि.) रेल मार्ग निर्माणको पूर्ब- सम्भाब्यता अध्ययन प्रतिवेदन तयार भएको छ ।

•    आर्थिक वर्ष २०७४/७५ को तुलनामा यस वर्ष खसीबोका आयात ४६.९ प्रतिशतले घटेको

•    रसुवा तथा थानकोट नाकामा अस्थायी क्वारेन्टाइन चेकपोष्ट स्थापना गरी सञ्चालन गरिएको

•    6 लाख 16 हजार 924 डोज फ्रोजेन सिमेन उत्पादन भएको,

•    ५ लाख ९८ हजार पशुमा कृत्रिम गर्भाधान गराइएको,

•    अत्याधुनिक प्रविधि प्रयोग गरी 857 दाना, मासु र दूधको नमुना गुणस्तर परीक्षण गरिएको,

•    १३ प्रकारको रोग विरुद्ध ३ करोड 93 लाख 97 हजार 2 सय डोज खोप उत्पादन भएको,

•    खोप लगाई रोग रोकथाम

•    खोरेतः ९ लाख 35 हजार,

•    पि पि आरः 1 करोड ७० लाख,

•    एच. एस. बि. क्यूः 1 लाख 50 हजार,

•    रानीखेतः 2 लाख 30 हजार

•    क्लासिकल स्वाईन फिवरः ३ लाख 70 हजार मात्रा

•    तराई-मधेसका २० वटा जिल्ला सदरमुकामका नगरपालिकाहरुमा कुल 230.25 कि.मि. शहरी सडक, 333.36 कि. मी. सतही ड्रेन, ढल 13.57 कि. मी. र ३ वटा बसपार्क (इनरुवा, सिद्दार्थनगर र धनगढी ) को निर्माण कार्य सम्पन्न भएको,

•    अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत ढल 7.2 कि.मी., सडक २ कि. मी. नदी नियन्त्रण 6.7 कि.मी. निर्माण सम्पन्न तथा वागमती सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत ४३ वटा हरियाली पार्क निर्माण भएको,

•    सिनामङ्गलदेखि थापाथली पुलसम्म ४३८ वटा सोलार बत्ती जडान गरिएको,

•    हनुमन्ते, नक्खु र बल्खु खोलामा तटबन्ध, ढल र सडक सुधारको कार्य एकीकृत रुपमा शुरु गरिएको,

•    काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि धोबिखोला करिडोर सुधार अन्तर्गत ५ कि.मी सडक निर्माण कार्य सम्पन्न भएको,

•    बन्चरे डाँडामा स्यानिटरी ल्याण्डफील साईट निर्माणको कार्य शुरु भएको,

•    २ वटा सभाहल (सुर्खेत र कालिकोट) को निर्माण कार्य सम्पन्न भएको साथै १५ वटा सभाहलको निर्माण कार्य अन्तिम अवस्थामा रहेको,

•    १७७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न भएको,

•    हुलाकी र मध्यपहाडी लोकमार्गका २७ वटा नयाँ शहरहरु मध्ये १२ वटा कार्यान्वयनको चरणमा रहेको र १५ वटा नयाँ शहरहरुको एकीकृत शहरी पूर्बाधार विकास निर्माण भइरहेको,

•    २४२ वटा भुकम्प प्रभावित खानेपानी आयोजनाहरु, २५० ग्रामीण खानेपानी आयोजनाहरु र ३४ वटा बर्षातको पानी संकलनमा आधारित आयोजनाहरु गरी समग्रमा ५२६ वटा खानेपानी आयोजनाहरु सम्पन्न भई २ लाख ८० हजार ८३९ जनसंख्या आधारभूतस्तरको खानेपानी सेवा बाट लाभान्वित भएका,

•    बिभिन्न निकायबाट १८ वटा ठूला खानेपानी आयोजना सम्पन्न भई २ लाख २३ हजार ९९१ जनसंख्या उच्च / मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका,

•    एक घर एक शौचालयको अवधारणा बमोजिम ९९.५% जनसंख्या आधारभूतस्तरको सरसफाई सुबिधाबाट लाभान्वित भएको  र २०७६ असोज मसान्त सम्ममा नेपाल लाई खुल्ला दिसा मुक्त राष्ट्र घोषणा गर्ने गरी कार्य भइरहेको ।

•    सबै प्रदेशका एक-एक सामुदायिक विद्यालयलाई सूचना प्रविधि मैत्री विद्यालय (Smart School) को रुपमा रुपान्तरण गरिएको। 930 सामुदायिक विद्यालयलाई सूचना प्रविधि मैत्री बनाउने कार्य अन्तिम चरणमा रहेको।

•    स्थानीय तह र सर्वसाधारण बीच सम्बन्ध स्थापित गर्न तयार भएको स्थानीय तह मोवाइल एप 396 स्थानीय तहले प्रयोगमा ल्याएको।

•    काठमाडौँ उपत्यका भित्रका सबै चलचित्र घरहरुमा बक्स अफिस प्रणाली लागू भएको। उपत्यका बाहिर बक्स अफिस प्रणाली जडान भई परीक्षण भई रहेको।

•    रु. 5 करोड 32 लाख ७4 हजार 877 को पत्रकार वृत्ती कोष स्थापना गरिएको ।

•    २0 वटा सरकारी सेवालाई विद्युतीय माध्यम (Online) मा आवद्ध गरिएको।

•    राष्ट्रिय साइवर सुरक्षा अनुगमन केन्द्र स्थापना भई सञ्चालनमा आएको।

१०० वटा नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान गरिएको र तिनको विकास निर्माणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको ।

•    प्रत्येक प्रदेशबाट कम्तीमा १/१ वटा पर्यटकीय गन्तव्यहरुको छनौट गरी पूर्वाधार विकास निर्माण कार्यप्रारम्भ गरिएको  ।

•    हेलम्वु क्षेत्रमा १०, लाङटाङ क्षेत्रमा २०, मकालु वरुण क्षेत्रमा ८, दोलखा लखनपुरमा १०, रुकुममा गुरिल्ला ट्रेल र यार्सा ट्रेल १०/१० कि.मि. पदयात्रामार्ग निर्माण गरी कुल ६८ कि.मि  सम्पन्न भएको ।

•    जिरी-चौरीखर्कको लुक्लासम्मको सगरमाथा आधार शिविरसम्म (२० कि.मि.)जाने तथा हेलम्बु ठाडेपाटी सेमिसिदाङ लामटाङ पदयात्रा मार्ग (१५ कि.मि.) को सम्झौता गराई निर्माण कार्य सुरु गरिएको ।

•    स्वयम्भूनाथ क्षेत्रको अनन्तपुर र प्रतापपुर मन्दिर, बौद्धनाथ स्तुपा, हनुमानढोकास्थित गद्दी बैठक, पाटनको कृष्ण मन्दिर लगायत हालसम्म 2७७ वटा भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पूनःनिर्माण सम्पन्न भएको।

•    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नति अन्तर्गत धावनमार्गको विस्तार गर्ने कार्य ६० प्रतिशत सम्पन्न, १६ आषाढ (१ जुलाई) देखि रातीमा पनि सञ्चालन गरी दैनिक २१ घण्टा सञ्चालनमा आएको ।

•    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको हालसम्मको प्रगति ७३ प्रतिशत भएको । धावन मार्ग ३ हजार मि.लम्बाई र ६० मि.चौडाई कालो पत्रे र पार्किङ क्षेत्र (एप्रोन) निर्माण कार्य सम्पन्न ।

•    पोखरा अन्तराष्ट्रिय विमानस्थलको हालसम्मको प्रगति ४२ प्रतिशत रहेको । ITB Foundation Work , Terminal भवनको  Footing कार्य तथा Runway निर्माण कार्य सम्पन्न ।

•    भैरहवा विशेष आर्थिक क्षेत्रको सम्पूर्ण पूर्वाधार निर्माण कार्य सम्पन्न गरी २२ वटा उद्योगीहरुलाई संचालनका लागि अनुमतिपत्र प्रदान गरिएको,

•    सिमरा विशेष आर्थिक क्षेत्र भित्रको Block A मा निर्माणाधिन गार्मेन्ट प्रशोधन क्षेत्रको निर्माण कार्य मध्ये आन्तरिक बाटो शतप्रतिशत सम्पन्न, प्रशासनिक भवन तथा अन्य भवनहरु ७०%,  deep boring  ६०% पानी टंकी शतप्रतिशत कार्य सम्पन्न भएकोछ । विद्युत सब-स्टेशन (132 KVA) को लागि डिजाइन तथा लागत अनुमान तयार भएको, 

•    पाँचखाल, नुवाकोट र रसुवा मध्ये एक स्थानलाई  Cross Broader Economic Zone को रुपमा स्थापनाको लागि  चिनिया पक्षबाट स्थलगत अध्ययन भएको ।पाँचखालमा विशेष आर्थिक क्षेत्रको निर्माण कार्य सुरु भएको ।

•    कम्पनी  रजिष्ट्रारको कार्यालयमा राजश्व संकलनमा रु.१० लाखसम्मको भुक्तानीमा e-payment लागू भएको ।

•    कम्पनी रजिष्ट्रारको कार्यालयमा Digital Signature कार्यान्वयनको लागि प्राविधिक पूर्वाधार निर्माण सम्पन्न ।

•    मह, पश्मिना धागो, प्लाईउड, ओर्गनिक ग्रीन कफी, हेल्मेट, वाटरमिटर, जस्तापाता, पिपिआर पाइप, नेपाली हातेकागज, इन्डक्कशन चुलो, हटप्लेट, सिमेन्ट, कस्मेटिक सामग्री, सिपिभिसी पाइप, डिजेल, पट्रोल, मट्टीतेल, रेफ्रीजिरेशन तथा हिटपम्प लागयत यस बिषय संग सम्बन्धित ५० ओटा नेपाल गुणस्तरहरु स्वीकृत गरिएको,

•    यस पूर्व नेपाल गुणस्तर बमोजिम ३३ ग्रेडको सिमेन्ट मात्र रहेकोमा परिमार्जन गरी ३३, ४३ र ५३ ग्रेडको सिमेन्टको नेपाल गुणस्तर तयार गरिएको,

•    पेट्रोलियम पदार्थ  ढुवानी गर्ने  ट्यांकट्रकमा इन्धनको परिमाण मापन गर्न  हेटौडामा दैनिक १५ ओटा ट्यांकट्रक क्यलिब्रेशन क्षमताको पुर्बाधार निर्माण गरी संचालन गरिएको,

•    नेपाल गुणस्तर इजाजत तथा प्रमाण पत्र प्राप्त १६१ उद्योग तथा १७५ ओटा फर्मको अनुगमन गरी ६५५ ओटा नमुना परिक्षण गरिएकोमा ६५ ओटामा कैफियत देखिएको २ ओटाको मुद्दा दायर गरिएको, १६ ओटाको इजाजत स्थगन तथा रद्ध गरिएको, १९ ओटाको बिक्री रोक्का गरिएको,

•    उदयपुर सिमेन्ट उद्योगमा  Kiln Shell  परिबर्तन गरिएको, हाल  प्रतिदिन औषत ७०० मे.टन (८७% क्षमतामा) उत्पादन भैरहेको ।

•    टिमुरेमा चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहको लागि चीन सरकारको तर्फबाट Tibet Foil construction Group Co. Ltd नामक निर्माणकर्ता कम्पनी नियुक्त भइ उक्त निर्माण कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समिति बीच यहि मे १२, २०१९ मा Implementation Minutes मा समेत हस्ताक्षर भइ कार्य समेत सुरु भइसकेको ।

•    मोतिहारी – रक्सौल – अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण कार्य सम्पन्न भएको ।

•    सातै प्रदेशमा सहकारीमार्फत लक्षित वर्गका जनताका लागि सहुलियत मूल्यमा खाद्यान्न खरिद गर्न  निजी क्षेत्र समेतको सहभागितामा सुपथ मूल्य पसल सञ्चालन भएको साथै सहकारीमार्फत सुपथ मूल्य पसल संचालनबाट असार मसान्तसम्म करिब १,००० मे टन खाद्यान्न विक्री भएको ।

•    चोभारमा कन्टेनर फ्रेट स्टेशन ( सुख्खा बन्दरगाह) निर्माण कार्य भैरहेको प्रगति २० प्रतिशत पुगेको ।बीरगंजको गोदाम घर निर्माण कार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भई सकेको ।

•    मुक्त कमैया ९८%, मुक्त हलिया ९०% पुनर्स्थापना कार्य सम्पन्न,

•    जग्गा प्रशासन प्रणालीको आधुनिकीकरण, अनलाइन प्रणाली, Public Access Module, नमुना (स्मार्ट) कार्यालयको शुरुवात,

•    आगामी ५ वर्षसम्म भूउपग्रह चित्र निशुल्क प्राप्त हुने व्यवस्था    

•    भूउपयोग क्षेत्र वर्गीकरण, नक्सांकन र सो सम्बन्धी ऐन तर्जुमा

•    नापनक्सा र भूसूचना प्रविधिमा अत्याधुनिक प्रविधिको शुरुवात

•    सगरमाथा आरोहण, उचाई मापनको फिल्ड कार्य सम्पन्न

•    सहकारी क्षेत्रमा सुशासनको लागि अनुगमन प्रणाली स्थापना

•    गरिबी निवारण नीति, २०७६ स्वीकृत, गरीब घर परिवार पहिचान सर्वेक्षणको लागि विधि, प्रक्रिया र डाटा कलेक्सन एप्लिकेसन तयार ।

•    “सिटिजन एक्सेस” को अवधारणाअनुरुप कार्यालयहरुलाई नमूना (स्मार्ट) कार्यालयमा रुपान्तरण गर्ने क्रममा पाँचथर, इलाम, कलंकी र साँखुस्थित मालपोत कार्यालयको पूर्वाधार विकास गरिएको ।

•    नेपाल तथा चीन सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भै भू-उपग्रह चित्र डाटा (स्याटलाइट इमेज डाटा) आगामी पाँच वर्षको लागि चीन सरकारबाट निःशुल्क प्राप्त हुने व्यवस्था मिलाइएको ।

•    धरातलीय स्वरुप स्पष्ट देखिने र विकास निर्माणका लागि उपयोगी हुने भौगोलिक डाटा तयार गर्न अत्याधुनिक लाइडार प्रविधिबाट पश्चिम नेपालको तराइ क्षेत्रको 20 हजार बर्ग कि.मि. क्षेत्रको सर्भेक्षण गर्ने कार्य आरम्भ गरिएको ।

•    स्थानीय तहहरुको वडा सीमांकन सहितको प्रशासनिक र विभिन्न थिमेटिक नक्सा तथा डाटाबेस तयार गर्ने कार्य भै रहेको ।

•    स्थानीय तह श्रोत नक्सांकन तथा विश्लेषण कार्य 35 जिल्लामा सम्पन्न गरी १8 जिल्लाका स्थानीयतहको स्रोत नक्सांकनको Inception Report प्राप्त भएको।

•    उपत्यकाका सबै कार्यालय सहित 20 वटा कार्यालयहरुमा आइ.पी.क्यामेरा जडान गरी कार्यालय प्रमुख, विभाग तथा मन्त्रालयले समेत निगरानी गर्न सक्ने ब्यबस्था मिलाइएको ।

•    गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत गरिबी सूचकाङ्कमा पछि परेका सात प्रदेशका १४ गा.पा./नगरपालिकाका अतिविपन्न समुदायको जिवनस्तर उकास्न रु.५०/५० लाख स्थानीय तहमा हस्तान्तरण गरी गरिबी निवारण लक्षित विशेष कार्यक्रम सञ्चालन गरिएको  ।

•    २०४४ हे अतिक्रमण हटाई वनको पुनर्स्थापना  (गत वर्ष  ९२० हेक्टर) गरिएको ।

•    शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा प्राकृतिक चिडियाखाना निर्माण कार्य अन्तर्गत १० वटा मचान निर्माण गर्ने लक्ष्य लिइएकोमा १५ वटा निर्माण भएको ।

•    १००० वटा पानी पोखरी निर्माण तथा सिमसार व्यवस्थापन गर्ने लक्ष्य  लिइएकोमा ९४१ वटा व्यवस्थापन भएको  ।

•    १६४ पटक चोरी शिकार नियन्त्रण स्विप अप्रेशन संचालन गर्ने लक्ष्य लिइएकोमा 170 पटक संचालन भएको ।

•    समुदायमा आधारित ३००० वटा वन व्यवस्थापन योजना पुनरावलोकन गर्ने लक्ष्यमा ३१०० वटा नविकरण भएको

•    ३ वटा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने लक्ष्य भएकोमा ३ वटै केन्द्र झापा (दमक), धनकुटा (धनकुटा न.पा.) र सुर्खेत (विरेन्द्रनगर)मा स्थापना तथा सञ्चालन भएको

•    १० स्थानीय पालिकाहरुको भू-उपयोग योजना तयार गर्ने लक्ष्य लिइएकोमा शतप्रतिशत लक्ष्य प्राप्त भएको

•    १००० वटा जडीबुटीको सारतत्व विश्लेषण र प्रमाणीकरण गर्ने भनिएकोमा १३०५ वटा प्रमाणीकरण भएको

•    ४००० हेक्टर क्षेत्रफल वृक्षारोपण गर्ने लक्ष्य लिइएकोमा 4100 हेक्टर  वृक्षारोपण भएको 

•    ११० हेक्टर भिरालो जमिनमा वहुबर्षीय वाली विस्तार गर्ने लक्ष्य लिइएकोमा १04 हेक्टरमा बाली विस्तार भएको

•    १२६ वटा संरचना (Water Source, Intake, RVT, Tap Stands, Spring Box, Chamber) निर्माण गर्ने लक्ष्य लिइएकोमा 655 संरचना निर्माण भएको

•    ५४ स्थानमा भूमिगत जल पुनभरण र सतह मुनिको पानी उपयोग(चुरे र भावर क्षेत्रमा) गर्ने लक्ष्य लिइएकोमा ६० स्थानमा उपयोग भएको

•    २१६ हेक्टर जलाधार पुनरुत्थान गर्ने लक्ष्य लिइएकोमा २९७.२७ हेक्टर संरक्षण वृक्षारोपण (फलफूल २०१.४५, काष्ठ प्रजाति ३२.८७ र डालेघास ५६.९५) जलाधार पुनरुत्थान भएको

•    80 स्थान रेन वाटर रन अफ हर्वेस्टिंग ड्याम निर्माण भएको (शतप्रतिशत लक्ष्य हासिल भएको)

•    यस वर्ष ५६,३८,२७० विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेका,

•    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका नेपाली वैज्ञानिक सहितको टोलीद्वारा तयार पारिएको NEPAST’1 नामक नानो स्याटलाइटको प्रक्षेपण भएको

•    विद्यार्थीहरुलाई विज्ञान शिक्षा प्रति आकर्षित गर्न STEAM Challenge (Talent Hunt) कार्यक्रम आयोजना गरिएको

•    मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सहकार्यमा Science Street Fair कार्यक्रम आयोजना गरिएको

•    उच्च शिक्षा तथा विद्यावारिधि गर्ने युवा प्रतिभाहरुको अनुसन्धानमूलक सोध कार्यमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय Graduate Conference आयोजना गरिएको

•    यस वर्ष कक्षा १ मा ७,२८,६५८ नयाँ भर्ना भएका,

•    हालसम्म ५१ जिल्ला साक्षर घोषणा भएका । ८ ओटा जिल्ला साक्षर घोषणाको तयारीमा रहेका,

•    कक्षा १ देखि १० सम्मका सबै बालबालिकालाइ शैक्षिक वर्षको शुरूमा नै पाठ्यपुस्तक उपलव्ध गराइएको,

•    हरेक नागरिकलाइ स्वास्थ्य विमामा आवद्ध गराउने नीति अनुरूप गत आ.ब.को अन्त्य सम्ममा ३३९ स्थानीय तहमा स्वास्थ्य विमा लागू भएकोमा यस आ.ब.मा ४६ जिल्लाका ४५६ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम बिस्तार भइ बिमित हुनेहरुको संख्या १८ लाख नाघेको,

•    हरेक प्रदेशमा कम्तिमा एक बिशिष्टिकृत सेवा सहितको अस्पताल रहने नीति अनुरूप ५ अस्पतालहरूलाइ (कोशी अञ्चल अस्पताल, नारायणी उप-क्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उप-क्षेत्रिय अस्पताल) संघीय सरकार अन्तरगत रहने गरी विशिष्टिकृत सेवा सहितको सेवा संचालन गर्ने गरी तृतीय तहको अस्पताल (Tertiary Hospital) मा स्तरोन्नती गरिएको,

•    सबै तहका स्वास्थ्य संस्थाहरुमा सेवाको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards) स्वीकृत भई लागू भएको।

•    गत आ.ब. सम्म ८ अस्पतालहरूमा जेष्ठ नागरिक वार्ड संचालनमा रहेकोमा यस आ.ब.मा लक्ष्य अनुसार थप ४ अस्पतालमा सेवा संचालन शुरु गरिएको,

•    लागत सहभागिता (८०% संघीय/२०% स्थानीय)को सिद्धान्तमा स्वास्थ्य संस्था स्थापनाको मापदण्ड तयार भइ मन्त्रालयबाट स्वीकृत भएको,

•    विद्यमान स्वास्थ्य संस्थाहरुको म्यापिङ भइ स्वीकृत मापदण्ड (जनसांख्यिक आधारमा टाइप ए को लागि रु. ६३.४ लाख र टाइप बि को लागि रु. ३८.८ लाख) बमोजिम स्वास्थ्य संस्था नभएका १२०० वडाहरूमा स्वास्थ्य संस्था निर्माण गर्न आवश्यक अनुदान रकम सम्बन्धित स्थानिय तहमा बित्तिय हस्तान्तरण भई निर्माण कार्य शुरु भैसकेको।

•    अशक्त, असहाय र बेवारिसे मनोसामाजिक विरामीहरुको उपचार तथा पुर्नस्थापनाका लागि कार्यविधि स्वीकृत भै लागू भएको ।

•    कार्यविधि अनुसार सेवा संचालनका लागि ७ वटा अस्पताल, मानव सेवा आश्रम लगायतका  पुनर्स्थापना गृह र आश्रय केन्द्रसंग सम्झौता गरी सेवा संचालन भैरहेको

•    प्रदेश नं. २ अन्तर्गत सगरमाथा अंचल अस्पताल राजबिराजलार्इ रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गरिएको

•    हाल सम्म ४६ जिल्लाका ४५६ स्थानिय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको र बिमितहरूको संख्या १८ लाख नाघेको,

•    मिति २०७५।१२।४मा मन्त्री परिषदबाट स्वास्थ्य विमा नियमावली स्वीकृत भई कार्यान्वयनमा आएको

•    नागरिक आरोग्य कार्यक्रमको कार्यविधि तयार गरी लागू गरिएको ।

•    सातै प्रदेशको १-१ वटा जिल्लामा आयुर्बेद बिभाग मार्फत नागरिक आरोग्य कार्यक्रम संचालन गरिएको

•    विपन्न कार्यक्रम अन्तर्गत आठ वटा कडा रोगको उपचारको लागि अधिकतम् रु. १ लाखसम्म सहुलियत प्राप्त गर्ने बिरामीहरुको संख्या:-३५,६००

•    संविधान प्रदत्त स्वास्थ्य सम्बन्धि मौलिक हक कार्यान्वयन गर्न तथा आधारभूत स्वास्थ्य सेवा समेतको सुनिश्चितता लागि जनस्वास्थ्य सेवा ऐन २०७५ र सूरक्षित मातृत्व तथा प्रजनन्  स्वास्थ्य अधिकार ऐन २०७५ लागू गरिएको

•    संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा साविकका जिल्ला/जन स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अंचल अस्पताल, क्षेत्रीय/उप क्षेत्रीय अस्पताल, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय मेडिकल स्टोर, क्षेत्रीय तालीम केन्द्र लगायतका संरचनाहरू प्रदेश सरकारलाइ मिति २०७५।१०।९ मा  हस्तान्तरण गरिएको

•    आधारभूत स्वास्थ्य सेवा बाहेकका बिशेषज्ञ स्वास्थ्य सेवाहरुलाई बीमा मार्फत प्रवाह गर्न यसै बर्ष राष्ट्रिय बीमा बोर्डको स्थापना, बीमा नियमावली तर्जुमाका साथै सहुलियत सीमालाई रु. ५० हजारबाट बढाई रु. १ लाख पुर्‍याइएको ।

•    राष्ट्रपति महिला उत्थान “जीविकोपार्जन सुधार कार्यक्रम” गत आ.व. मा १४ जिल्लामा संचालन भएकोमा २९ जिल्लामा विस्तार गरिएको ।गत आ व मा १२७५ महिलालाई उद्यमशीलता तालिम दिईएकोमा यस आ व मा १९२० जनालाई दिएको।

•    दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका २५ जना (हुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट, सल्यान, रुकुम पूर्व, म्याग्दी, गोरखा, धादिङ, दोलखा, सोलुखुम्बु र भोजपुर जिल्लाका) गर्भवती तथा सुत्केरी महिलाहरुको हवाइ उद्धार गरिएको ।

•    समुदाय स्तरका महिला उद्यमीहरुको उत्पादनको बजारीकरणका लागि प्रदेशस्तरीय व्यापार प्रदर्शनी  गत आ.व. मा १ वटा भएकोमा ३ वटा गरिएको ।

•    लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर) ७ वटै प्रदेशमा गरिएको । सोमा संघ, प्रदेश र स्थानीयका ३००० जनप्रतिनिधिहरु सहभागि भएको ।

•    अदालतको आदेश र कोष संचालन समितिको निर्णय बमोजिम गरी ३१ जना हिंसा पीडित महिलालाई लैंगिक हिंसा निवारण कोषबाट रु ३२ लाख २६ हजार क्षतिपूर्ति उपलब्ध गराईएको।

•    मानव वेचविखन तथा ओसापसारमा परेका ३११ नेपालीलाई भारत र म्यान्मारबाट उद्धार तथा स्वदेश फिर्ति गरिएको ।

•    बाल हेल्पलाइनबाट २,६२९ जना बालबालिकालाई आपतकालीन उद्धार र संरक्षण प्रदान गरिएको ।

•    हराएका बालबालिका खोजतलासबाट फेला परेका १२५९ जना र बेवारीसे फेला परेका ४२४ जना गरी १६८३ बालबालिकालाई उद्धार, पुनर्स्थापना र परिवारमा पुर्नमिलन गराईएको,

•    अपाङ्गता भएका  व्यक्तिहरुका लागि २६०० सहायक सामग्री उत्पादन गरी वितरण गरिएको

•    स्वरोजगार सिर्जना : रु. १ अर्ब ४६ करोड ८० लाख ५० हजार कर्जा लगानी गरी ११८७९ जनाले रोजगारी प्राप्त गरेको ।

•    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माण कार्य सम्पन्न भई प्रतियोगिता आयोजना भएको ।

•    तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण :

•    पोखरामा– आर्चरी, ह्याण्डबल, भलिबलको खेलस्थल निर्माण भएको।

•    काठमाण्डौ उपत्यका– लन टेनिस कोर्ट, टेबल टेनिस हल, सुटिङ्ग रेञ्ज, एथ्लेटिक्स ट्रयाक एण्ड फिल्ड, तेक्वान्दो हल, अडिटोरियम हल र कराते हल निर्माण सम्पन्न भएको।

•    निर्माण चालु रहेको: दशरथ रङ्गशाला, पोखरा रङ्गशाला, च्यासल रङ्गशाला, हिटिङ्ग प्लेट सहितको स्वीमिङ्ग पुल, स्क्वास कोर्ट आदि निर्माण चालू रहेको।

•    निर्माणाधिन रङ्गशालाहरु : इटहरी,  धरान, मेची रङ्गशाला झापा, चितवन, गुल्मीमा रङ्गशाला निर्माण चालु रहेको ।

•    प्रदेश नम्बर २ को धनुषामा रामजानकी रङ्गशाला र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रादेशिक रङ्गशाला  निर्माण चालू रहेको । कर्णाली प्रदेशको सुर्खेतमा रंगशाला निर्माणको लागि तयार भएको डिपिआर प्रदेश सरकारलाई पठाईएको ।

•    क्रिकेट मैदान निर्माण: कोहलपुर, लमही, बैजनाथपुर, भैरहवा र पोखराको क्रिकेट मैदान खेल्न योग्य भएको।

•    चितवन रङ्गशाला चितवनको कम्पाउण्डवाल निर्माणको कार्य ९०%  सम्पन्न भएको ।

•    मूलपानी क्रिकेट रङ्गशालामा 12६५ मिटर लामो बाउण्ड्री वाल निर्माण कार्य सम्पन्न भएको।

•    अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर निर्माण : अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर निर्माण गर्नका लागि जग्गा पहिचान भई प्राप्तिको प्रकृया भइरहेको।

•    इन्डोनेसियामा आयोजना भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा नेपालले प्याराग्लाइडिङ्गमा रजत पदक प्राप्त गरी गरेको। २० वर्षपछि नेपालले रजत पदक प्राप्त गरेको हो ।

•    कर्मचारी समायोजन तथा जनशक्ति व्यवस्थापनअन्तर्गत

•    समायोजन विवरण

•    संघमाः ३९५३३

•    प्रदेशमाः १३७९०

•    स्थानीय तहमाः ३१७०८

•    स्थानीय निकाय : ११७८१

•    (साविकका गा.पा. न.पा र जि.स.स.का कर्मचारीहरु )

•    अन्य समिति/प्रतिष्ठान ३१७

•    फाजिलः २४४३

•    कुल ९९५७२ जना कर्मचारीहरु समायोजन भैसकेको ।

•    संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गरी देहाय बमोजिम तीनै तहमा दरवन्दी स्वीकृत गरिएकोः

•    संघः ४८,६०६

•    प्रदेशः  २२,२९७

•    स्थानीय तहः ६६,७१९

•    कुल १,३७,६२२

•    ७ प्रदेशका 603 स्थानीय तहबाट विभिन्न पदहरु गरी 15911 संख्यामा जनशक्ति पदपूर्तिका लागि माग भए बमोजिम लोक सेवा आयोगबाट विज्ञापन भैसकेको,

•    स्थानीय पूर्वाधार विकास तर्फ

•    देशभरि सबै प्रदेशमा गरी ३४७ कि.मि. ग्रामिण सडक निर्माण एवं कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको,

•    ७ प्रदेशमा गरी २११ कि.मि. सडक ग्राभेल गर्ने कार्य सम्पन्न

•    ९७ कि.मि. सडकको नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न

•    ५० वटा सडक पुल निर्माण सम्पन्न

•    २६० वटा क्रमागत झो.पु. निर्माण सम्पन्न भएको ।

•    तुईन विस्थापनः सम्भाव्य १३४ मध्ये १२१ वटा तुईन विस्थापन सम्पन्न भइसकेकोः१३ वटा तुईन विस्थापन हुने क्रममा रहेको

•    २४० वटा क्रमागत झो.पु. निर्माणाधीन रहेको,

•    खानेपानी योजना निर्माण

•    योजना संख्या – २४६ सम्पन्न

•    लाभान्वित जनसंख्या – ९२,४१३

•    सिंचाई, कुलो, नहर निर्माण

•    योजना संख्या – २३८

•    सिंचित क्षेत्र – ३७०२

•    तातोपानी नाका कार्गो ढुवानीका लागि संचालनमा आएको

•    नेपाल-चीन Transit Transport Protocol मा हस्ताक्षर भई सम्झौता कार्यान्वयनमा आएको

•    बंगलादेशसँग ऊर्जा व्यापार सम्बन्धी MoU सम्पन्न भएको

•    विराटनगरबाट भारतीय क्याम्प अफिस हटेको

•    थप ६ मुलुकहरूसँग कूटनीतिक सम्बन्ध स्थापना भएको (रूवाण्डा, माडागास्कर, सुरिनाम, टोगो, इक्वेटोरियल गिनी, इस्वातिनी (पुरानो स्वाजिल्याण्ड)

•    Fast Track को जग्गा अधिग्रहण कार्य हालसम्म ९६% सम्पन्न ।

•    मार्गाधिकार भित्र परेका रुख कटान कार्य हालसम्म ९७% सम्पन्न ।

•    केन्द्रीय कार्यालय निर्माण १००% र वेशक्याम्प निर्माण कार्य ९२% सम्पन्न ।

•    निर्माणाधीन ५४ कि.मि. खण्डभित्र फर्मेशन लेवलसम्मको कटिङ्ग कार्य हालसम्म 77%सम्पन्न ।   

•    नेपाल सरकार, मन्त्रिपरिषद्¬बाट मिति २०७५।१२।०४ गते नयाँ राष्ट्रिय सुरक्षा नीति, २०७५ स्वीकृत भई कार्यान्वयनमा आएको ।

•    शान्ति सेनामा भाग लिन जाने सकल दर्जाका सैनिकहरूको छनौट प्रक्रियालाई थप निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन मिति २०७५।०८।०२ मा नयाँ “शान्ति सेना छनौट कार्यविधि, २०७५” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ।

•    काली गण्डकी करिडोर सडक निर्माण  आयोजनाः  ८० कि.मि.

•    चालु आ.व.मा 31 कि.मि. चौडा गरी वार्षिक लक्ष्यको 100% कार्य सम्पन्न ।हालसम्म कुल ३8.0 कि.मि. ट्रयाक चौडा गरिएको ।

•    कर्णाली-करिडोर सडक निर्माण आयोजनाः १२३ कि.मि.

– चालु आ.व.मा खुलालुबाट तुम्चा (हुम्लासम्म) १4 कि.मि. ट्रयाक निर्माण गरी वार्षिक लक्ष्यको 100% कार्य सम्पन्न

– हालसम्म १०6 कि.मि. ट्रयाक निर्माण सम्पन्न ।

– कुवाडीखोला ८४ कि.मि.मा बेलिबृज जडान गर्न एबुटमेन्ट निर्माण कार्य सम्पन्न भएको।

•    बेनिघाट-आरुघाट-लार्केभञ्जयाङ्ग सडक आयोजनाः ११८ कि.मि.

•    चालु आ.व.मा 9.2 कि.मि. ट्रयाक निर्माण गरी वार्षिक लक्ष्यको 100%  कार्य सम्पन्न

•    राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धि रणनीतिक योजना तर्जुमा गरी लागू गरिएको । राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली स्थापना गर्ने प्रथम चरणको कार्य सम्पन्न गरी ८० हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको ।

•    ७२३ स्थानीय तहको केन्द्रमा नेपाल प्रहरीका एकाइहरु रहेकोमा यस वर्ष ३० स्थान थप गरि ७५३ स्थानीय तहमा नै विस्तार गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको ।

•    सशस्त्र प्रहरी बल नेपालका गण एवं गुल्महरु ५६ स्थानमा थप गरी हाल ७७ जिल्लामा विस्तार गरी मुलुकको शान्ति सुव्यवस्थालाई थप सुदृढ र प्रभावकारी तुल्याइएको ।

•    सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी तुल्याउन गतवर्ष ८७ स्थानमा बोर्डर आउटपोष्ट स्थापना भएकोमा थप २० स्थानमा वृद्धि गरि १०७ स्थानमा बोर्डर आउटपोष्ट स्थापना गरी सञ्चालनमा ल्याइएको ।

•    लागू औषधको अवैध ओसार पसार नियन्त्रणको क्रममा 3012 जना व्यक्तिहरुलाई पक्राउ र १८२६ वटा मुद्दा दर्ता गरी आवश्यक कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको । करीब 6853.2४ के.जी. विभिन्न किसिमका लागूऔषधहरु बरामद गरिएको ।

•    हेलिकप्टरबाट ६४ वटा आपतकालीन उद्धार उडान व्यवस्था गरी १८ जना सुत्केरी र गर्भवती सहित १२७ जनाको उद्धार गरिएको ।

•    केन्दीय कारागार अस्पताल १५ शैयाबाट ३० शैयामा स्तरोन्नति गरिएको । नख्खुमा १५ शैयाको मानसिक अस्पताल निर्माण कार्य अन्तिम चरणमा रहेको ।

•    कैदी बन्दीहरुको सिदा रु.45 बाट वृद्धि गरी रु.6० र नावालकलाई रु. 10 बाट रु. 35 पुर्‍याइएको ।

•    2075 भाद्र 1 गते मुलुकी देवानी तथा अपराध संहिता लागु भएको।

•    मौलिक हक कार्यान्वयनका लागि 16 वटा ऐनहरु जारी भएको ।

•    लगानी प्रवर्द्धनको लागि आवश्यक कानूनी व्यवस्था गर्न मस्यौदामा सहमति दिई 5 वटा ऐनको रुपमा जारी भएको।

•    आ.व. २०७५।७६ मा थप ३४१६८९ करदातालाई करको दायरामा ल्याइएको

•    चालू आर्थिक बर्षको जेठ मसान्त सम्ममा रु. 60 अर्व 89 करोड सोधभर्ना प्राप्त भएको ।

•    सहुलियतपूर्ण कर्जाका लागि एकीकृत कार्यविधि स्वीकृत भई जेठसम्म 16,682 जनालाई रू. ३४ अर्व ४१ करोड ऋण प्रवाह भएको ।

•    1,380 करदाता शिक्षा कार्यक्रम संचालन गरिएको ।

•    २०७५ श्रावण १ गते देखि लागू हुने गरी नयाँ न्यूनतम परिश्रमिक लागू गरिएको

•    चिया क्षेत्रका श्रमिकहरुका लागि मासिक रु.१०७८१।-

•    अन्य श्रमिकहरुका लागि मासिक रु.१३४५०।-

•    श्रम अडिट मापदण्ड, २०७५ कार्यान्वयनमा ल्याई हालसम्म 448 वटा प्रतिष्ठानहरुबाट श्रम अडिट भएको र नमूनाको रुपमा केहीको अनुगमन गरिएको

•    योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ जारी भई कार्यान्वयनमा आएको

•    भूकम्पबाट क्षतीग्रस्त भएका निजी आवासहरु मध्ये यस आ.व. मा १ लाख ६७ हजार ७ सय ६३ घरहरुको पुनर्निर्माण सम्पन्न भई हालसम्म पुनर्निर्माण सम्पन्न भएका निजी आवासको संख्या ४ लाख १६ हजार ८ सय ५६ पुगेको छ ।

•    राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सञ्‍चालनका क्रममा उत्पन्न हुने समस्या तत्काल समाधान गर्न Action Room को स्थापना गरी सञ्चालनमा ल्याइएको,

•    एक नेपाली एक फलफूलको  विरुवा रोपण अभियान अन्तर्गत यस कार्यालयको समन्वयमा ५ जुन २०१८ देखि ४ जुन २०१९ सम्म २९ लाखभन्दा बढी र ५ जुन २०१९ देखि हालसम्म २० लाख ४४ हजार गरी जम्मा ४९ लाख ४४ हजार (त्यसमध्ये करीब ५० प्रतिशत  फलफुल) विरुवा रोपी संरक्षणको व्यवस्था मिलाइएको।

•    राजस्व चुहावटलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सरोकारवालासँगको परामर्शमा Vehicle and Consignment Tracking System तयार गरी २०७६ श्रावण १ देखि कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको ।

•    लगानी सम्मेलन २०१९ सफलतापूर्वक सम्पन्न भएको  ।

•    उद्योग-वाणिज्य प्रवर्द्धन सम्वाद परिषद् गठन भएको ।

•    नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै मन्त्रालय/निकायहरुको वार्षिक कार्ययोजना बनाई अनलाईन अनुगमन प्रणालीको विकास गरेर त्यसैमार्फत सबै निकायहरुको प्रगति स्थितिको अनुगमन गर्ने गरिएको।

•    सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०७६-८१)  स्वीकृतीका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‍मा पेश भएको,

•    सिंहदरबार परिसरभित्र २७ वटा बगैंचाहरु निर्माण तथा मर्मतसंभार गरी हरियाली प्रवर्द्वन गरिएको ।

•    सिंहदरबार परिसरभित्र रहेका पुराना निर्माण सामाग्री लगायत अनावश्यक बस्तुहरु हटाई सरसफाइ गरी सौंदर्यिकरण गरिएको।

•    सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नको लागि बैदेशिक भ्रमण, आन्तरिक भ्रमण, इन्धन तथा मर्मत लगायतका खर्चमा मितव्ययिता कायम गरिएको ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x