Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पहिरो र डुवानमा परी २१ को मृत्यु र ९ वेपत्ता

पहिरो र डुवानमा परी २१ को मृत्यु र ९ वेपत्ता

काठमाडौं,२८ असार । लगातारको वर्षाका कारण डुबान र बाढी पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । नौजना बेपत्ता भएका छन्। मृत्यु हुनेहरुमा  काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा दुई दुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरेर २१ जनाको मृत्यु भएको हो। रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा एक एक जना गरी आठजना बेपत्ता भएका छन्।

अविरल वर्षाले राजधानी काठमाडौं देखि पूर्वी एव मध्य तराइ एवमा पहाडी जिल्लाको जनजीवन बढी प्रभावित भएको छ। विभिन्न जिल्लामा गरी ६ हजार भन्दा बढी विस्थापित भएका छन्।यसै बीच प्रधामन्त्री केपी शर्माले राहत तथा उदारमा लाग्न गृह प्रशासनलाई निर्देशन दिएका छन् । यता मौसम पूर्वानुमान माहाशाखाँले भने भोलीसम्म भारी बर्षाको संभावना रहेको भन्दै सचेत हुन सवैमा आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x