Date

मङ्ल, माघ १, २०८१
Tue, January 14, 2025

बाढीपहिरो र डुवानमा परि मृत्यु हुनेको संख्या ४४ पुग्यो, २० जना वेपत्ता

बाढीपहिरो र डुवानमा परि मृत्यु हुनेको संख्या ४४ पुग्यो, २० जना वेपत्ता

काठमाडौं,२९ असार । लगातारको बर्षाबाट भएको बाडी डुवान र पहिरोमा परी  ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ। सनिवारमा मात्र ललितपुरमा पाँच, भोजपुरमा तीन, ओखलढुंगा र रौतहटमा दुई÷दुई, काभ्रे, धादिङ, चितवन, पाल्पा, मकवानपुर, सुनसरी, सिन्धुली र डोल्पामा एक÷एक गरी थप २० जनाको मृत्यु भए पछि मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।  शुक्रबार काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, मकवानपुर, ओखलढुंगा र झापामा दुइ÷दुई, पश्चिम रुकुम, रामेछाप, इलाम, बारा, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरी २४ जनाको मृत्यु भएको थियो।

बाढीपहिरो र डुबानबाट सयौं परिवार विस्थापित र २० जना बेपत्ता भएका छन्। डोल्पामा नौ, मोरङ, रौतहट र इलाममा तीन÷तीन, झापा र धादिङमा एक÷एक गरी २० जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । बाढीपहिरो र डुबानबाट प्रदेश एक, दुई र तीनका जिल्ला बढी प्रभावित भएका छन्। लगातारको वर्षाबाट जनजीवन प्रभावित भएको छ। गृह मन्त्रालयका अनुसार बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x