Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

असारे विकासको दबाव – सार्वजनिक विदाको दिन दुई अर्ब ५० करोड बढी भुक्तानी

असारे विकासको दबाव – सार्वजनिक विदाको दिन दुई अर्ब ५० करोड बढी भुक्तानी

काठमाडौं,२९ असार ।  चालु आर्थिक बर्ष सकिन दुइ दिन बाकी रहदा सरकारले सार्वजनिक विदाको दिन मात्र २ अर्ब बढी रकम भुक्तानी दिएको छ ।साधरणतया सरकारी कार्यालयहरु शनिबार बन्द हुने भएपनि आर्थिक वर्षको अन्तिम शनिबार भने कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीहरु भने दिनभर जसो ब्यास्त रहे । सार्वजनिक विदाको दिन हिजोमात्र महालेखा नियन्त्रकका कार्यालयबाट दुई अर्ब ५० करोड २४ लाख रुपैयाँ भुक्तानी भएको छ । चालु बर्षको अन्तिममा आएर अघिल्लो हप्ता देखि खर्चको ग्राफ हवात्तै वढेको छ ।

महालेखा नियन्त्रकको कार्यालयअनुसार शनिबार चालु खर्चको लागि ९२ करोड ५० लाख रुपैयाँ र पूँजीगत खर्च एक अर्ब ५७ करोड ७४ लाख रुपैयाँ खर्च भएको हो  । शनिबार भुक्तानी गरिएको रकमसमेत गर्दा चालु हालसम्म सरकारले चालु खर्च ८२, पुँजीगत खर्च ६४ र वित्तीय व्यवस्थापन खर्च ७८ प्रतिशत मात्रै खर्च गरेको छ। यस्तै शनिबारसम्म सरकारले लक्ष्यको ८२ दशमला ९६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा विभाज्यबाहेक सरकाले ८ खर्ब ३१ अर्बको राजस्व सकंलन गर्ने लक्ष्य निर्धारण गरेपनि वर्ष सकिन दुई दिन मात्रै बाकी रहँदा ६ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। जसमा कर राजस्वतर्फ ६ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ भने गैरकरतर्फ ८१ अर्ब रुपैयाँ रहेको छ। चालु आवको अन्तिम महिना असरमा विकास निर्माण कार्य शरु गर्ने र रकम निकास गर्ने काम यस पटक पनि रोकिएन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x