सामुदायिक लघुवित्तले पायो प्राथमिक निष्कासनको लागि स्विकृति

काडमाडौं, १२ पौष । नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राथमिक शेयर निष्कासनको लागि स्विकृति दिएको छ ।

लघुवित्तले ३ लाख कित्ता प्राथमिक शेयर निष्कासनको स्विकृति पाएको हो । लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको ३ करोड रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्ने भएको छ । प्राथमिक शेयर निष्कासनको लागि लघुवित्तले नेपाल एसविआई मर्चेन्ट बैकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *