सानिमा क्यापिटलको म्युचियल फण्ड बाँडफाँड

काठमाडौं, १२ पौष । सानिमा क्यापिटलले सानिमा इक्विटी फण्ड नामक म्युचियल फण्ड योजनाको बाँडफाँड गरेको छ । क्यापिटलले हिजो पौष ११ गते उक्त योजनाको बाँडफाँड गरेको हो ।

यस योजनाका लागि २१ हजार १३५ जना आवेदनकर्ताहरुले आवेदन दिएको क्यापिटलले जनाएको छ । क्यापिटलले सबै आवेदनकर्ताहरुलाई यस योजनाको इकाईहरु बाँडफाँड गरेको छ । क्यापिटलले १० करोड ९७ लाख ७ हजार ३२० इकाई बाँडफाँड गरेको हो ।
सानिमा क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाईको उक्त योजना निष्कासन गरेको थियो । जसमा क्यापिटलले १० करोड रुपैयाँ बढाएर उक्त योजना १ अर्ब ३० करोड रुपैयाँको पुर्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *