Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

मुख्यमन्त्री भट्टद्वारा प्रदेशका सवै स्थानीय निकायलाई विपद् व्यवस्थापनको निर्देशन

मुख्यमन्त्री भट्टद्वारा प्रदेशका सवै स्थानीय निकायलाई विपद् व्यवस्थापनको निर्देशन

धनगढी, २९ असार । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका सम्पूर्ण स्थानीय तहलाई विपद् व्यवस्थापन गर्न निर्देशन दिएका छन् । आज धनगढीमा समपन्न प्रदेशको विपद् व्यवस्थापन परिषदको बैठकमा उनले बाढीवाट हुन सक्ने क्षतिको स्थितिलाई मध्यनजर गर्दै त्यसलाई व्यवस्थापन गर्न यस्तो निर्देशन दिएका हुन् ।

त्यस्तै मुख्यमन्त्री भट्टले स्थानीय प्रशासन, सुरक्षा निकायलगायतलाई पनि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । साथै आवश्यक उद्वार सामग्री र अन्य राहत बन्दोबस्तिका अति आवश्यक सामग्री सहित तयारी अवस्थामा बस्न निर्देशन दिइएको उनका स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए ।

उक्त बैठकमा बर्षायाममा प्रदेश भरि हुन सक्ने बाढी, पहिरो र डुबानको पूर्व तयारीका विषयमा सरकारका मन्त्री र सरोकारवाला निकायसँग छलफल भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x