नबिल बैंकद्वारा वागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई

काठामाडौं, ३० असार । नबिल बैंकले ३५ औं वार्षिकोत्सवको अवसरमा वृक्षारोपन तथा सरसफाई गरेको छ । बैंकले मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई गरेको हो ।
२०७१ सालमा बैंकले यस क्षेत्रमा बृक्षारोपण कार्यको सुरुवात गरेको थियो । त्यस पछी यस क्षेत्रमा नियमित रुपमा बृक्षहरुको सुरक्षा, सरसफाई तथा थप बृक्षरोपण गर्दै आएको बैंकले जनाएको छ ।
बैंकले बार्षिकोत्सवको अवसरमा खेलकुद, बृक्षरोपण तथा सरसफाई जस्ता कार्यक्रमहरु आयोजना गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।