प्रोग्रेशिभ फाइनान्सको अध्यक्षमा किशोर कुमार महर्जन चयन

काठमाडौं, ३० असार । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा पुनः किशोर कुमार महर्जन सर्वसहमत चयन भएका छन् । प्रोग्रेशिभ फाइनान्सको हिजो सम्पन्न एक्काइसौं तथा बाइसौं बार्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
त्यस्तै सञ्चालक सदस्यहरुमा संस्थापकतर्फबाट लक्ष्मी प्रसाद महर्जन र शम्भुलाल डंगोल र सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन र सविना महर्जन निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।