Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजस्व लक्ष्य भेट्ने आशमा राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न सरकारको निर्देशन

राजस्व लक्ष्य भेट्ने आशमा राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न सरकारको निर्देशन

काठमाण्डौ, ३१ असार । सरकारले असार मसान्त अर्थात् आज राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले एक सुचना जारी गर्दै ‍राजस्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको हो । राजस्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आशमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हुन सक्ने बताइएको छ । हालसम्म राजस्व असुली लक्ष्यको ९० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन ।

गत वर्ष सरकारले ७ खर्ब ३२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा ७ खर्ब २६ अर्ब ७१ करोड रुपैयाँ असुली भएको थियो। यो ९९.१४ प्रतिशत हो। त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा सरकारले ५ खर्ब ६५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा असुली ६ खर्ब ५ अर्ब रुपैयाँ भएको थियो। यो लक्ष्यको एक सय ७ प्रतिशत थियो। त्यसभन्दा अघिको वर्ष २०७२/०७३ मा पनि सरकारले लक्ष्यको ९९.१३ प्रतिशतले राजस्व असुल गरेको थियो। यस्तै २०७०÷०७१ मा ३ खर्ब ५४ अर्ब रुपैयाँको लक्ष्य राखेकामा सजिलै पूरा भएको थियो। दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x