Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने

प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं, ३१ असार । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीहरुलाई ८४ प्रतिशत सेयर वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न २५ औं वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

उक्त बोनस सेयरमा लाग्ने लाभकर भने सम्बन्धित सेयरधनीले नै ब्यहोर्नुपर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले ४९ करोड ५ लाख ६० हजार रुपैयाँको बोनस सेयर सेयरधनीहरुलाई वितरण गर्न लागेको जानकारी दिएको छ ।

त्यस्तै उक्त साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक र कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई दिइने प्रस्ताव पनि पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x