Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आर्थिक वर्षको अन्तिम दिन सेयर बजार ४.४५ अंकले बढ्यो

आर्थिक वर्षको अन्तिम दिन सेयर बजार ४.४५ अंकले बढ्यो

काठमाडौं, ३१ असार । आर्थिक वर्ष २०७५÷७६ को अन्तिम दिन आज सेयर बजार ४.४५ अंकले बढेको छ । नयाँ आर्थिक वर्षको सुरुवात हुनै लाग्दा सेयर बजारमा सुधारको संकेत देखिएको हो । यो साताको आईतबार, सोमबार र मंगलबार (आज) को सेयर कारोबारमा निरन्तर सुधार देखिएको छ ।

आज नेप्सेमा सूचिकृत ११ वटै समूहको उपसूचकमा बृद्धि भएको छ । सबैभन्दा बढी उपसूचक बृद्धि हुनेमा होटेल समूह रहेको छ । होटेल समूहको ५६.०८ अंकले उपसूचक बृद्धि भएको छ ।
त्यस्तै १ सय ६१ कम्पनीको १९ लाख ५६ हजार ६ सय ३० कित्ता सेयर खरिद–विक्री हुँदा ३४ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा बढी सेयर कारोबार ५ करोड ७८ लाख रुपैयाँभन्दा बढी नेपाल बैंक लिमिटेडको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x