ग्रामीण स्वावलम्वन कोषको सवै काम आजबाट साना किसान लघुवित्तले गर्ने
काठमाडौं,१ साउन । आजबाट ग्रामीण स्वावलम्वन कोषले गर्दै आएका सवै कामकारवाही साना किसान लघुवित्तिय संस्थाको तर्फबाट हुने भएका छन् । राष्ट्र बैंक मातहत रहेको ‘ग्रामीण स्वावलम्बन कोष’लाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन जिम्वेवारी हस्तान्तरण भएसगै कोषले गर्दै आएका सवै काम आजबाट साना किसानले गर्ने छ ।
गतआर्थिक वर्षको सरकारी निर्णयअनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकले अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई कोष हस्तान्तरण गरेको हो । विसं २०४७ सालमालसरकारको रु ५४ करोड र राष्ट्र बैंकको २५ करोड ३४ लाखकालगानीमा ‘ग्रामीण स्वावलम्बन कोष स्थापना गरिएको थियो । कोषको पूँजी अहिले रु एक अर्ब र कर्जा ३५ करोड पुगेको छ । तत्कालीन अर्थमन्त्री देवेन्द्रराज पाण्डेको परिकलपना अनुसार कोष शुरु भएको थियो ।