Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आर्थिक बर्षको अन्तिम एक महिनामा मात्र १७ प्रतिशत विकास खर्च

आर्थिक बर्षको अन्तिम एक महिनामा मात्र १७ प्रतिशत विकास खर्च

काठमाडौं,१ साउन । सरकारले आर्थिक वर्ष २०७५/०७६ को अन्तिम महिना असारमा मात्रै ५८ अर्ब ४ करोड ७६ लाख रुपैयाँ विकास खर्च गरेको छ । यससगै जेठ मसान्त सम्म ४८.२३ प्रतिशत रहेको पूँजिगत खर्च ६५ प्रतिशत नाघेको छ । जेठ मसान्तसम्म जम्मा १ खर्ब ५१ अर्ब ४६ करोड रुपैयाँ मात्र पुजिगत खर्च गरेको थियो । गत आवमा विकासका लागि कुल ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रतिशतका आधारमा पनि गत गत आवको अन्तिम महिना असारमा मात्र १७ प्रतिशत पूँजिगत खर्च भएको छ । जस अनुसार गत आवको असार मसान्त सम्ममा आइपुग्दा २ खर्ब १७ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आवमा विनियोजन भएको कुल पूँजिगत खर्च भेट्न अझै करिब १ खर्ब खर्च हुन सकेको छैन् ।

सरकारले गत आव २०७५÷०७६ कालागि विनियोजन गरेको कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट मध्ये चालु खर्च ( तलबभत्ता) तर्फ ८५ प्रतिशत, पुँजीगत खर्च (विकास निर्माण) तर्फ ७६ प्रतिशत र वित्तीय व्यवस्था (ऋण भुक्तानी) तर्फ ९१ प्रतिशत खर्च भएको अर्थमन्त्रालले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x