Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

इन्टरनेटको मूल्यमा १३ प्रतिशत बृद्धि, व्यवसायीले तिर्ने कर उपभोक्ताबाट असुली गरिदै

इन्टरनेटको मूल्यमा १३ प्रतिशत बृद्धि, व्यवसायीले तिर्ने कर उपभोक्ताबाट असुली गरिदै

काठमाडौं १ साउन । इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्यमा वृद्धि गरेका छन् । भ्याटसहित १ हजार १ सय ३० रुपैयाँ बुझाउने उपभोक्ताले अब साउनदेखि भ्‍याटसहित १ हजार ३ सय ५६ रुपैयाँ बुझाउनु पर्नेछ। सरकारले  लागू गरेको १३ प्रतिशत करको मूल्‍य कायम राख्दै इन्टरनेटमा लाग्‍ने शुल्कमा वृद्धि गरिएको सेवा प्रदायकहरुले बताएका छन् । सरकारले चालू आर्थिक २०७६/७७ को बजेटमा १३ प्रतिशत कर लगाउने भएपछि इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेटको मुल्‍य २० प्रतिशत सम्म बढन सक्ने बताइएको छ ।

सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६/७७ मा ‘टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुलउपर गर्नुपर्नेछ’ भनी उल्लेख छ। ब्यवासयीहरुले उक्त रकम सिधै उपभोक्ताबाट असुली गर्न खोजेका छन् । जसले गर्दा अनावश्यक मंहगीको भारमा उपभोक्ता पर्ने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x