Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आर्थिक वर्ष २०७६÷७७ को बजेट कार्यान्वयन सुरु, खर्च प्रणाली सुधारमा जोड

आर्थिक वर्ष २०७६÷७७ को बजेट कार्यान्वयन सुरु, खर्च प्रणाली सुधारमा जोड

काठमाडौं, १ साउन । आर्थिक वर्ष २०७६÷७७ को बजेट आज देखि कार्यान्वयन सुरु भएको छ। सरकारले चालु वर्षका लागि १५ खर्व ३२ अर्व ९६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सरकारले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखि बजेट ल्याएको छ । सरकारले यो आर्थिक वर्षलाई पुर्ण बजेट कार्यान्वयनको वर्षका रुपमा समेत लिएको छ । ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको सरकारले विकास निर्माणका लागि ४ खर्व ८ अर्व रुपैयाँ बजेट छुट्याएको छ।

बजेट खर्च बढाउन सरकारले संविधानमै जेठ १५ मा बजेट सार्वजनिक गर्ने साउन १ देखि नै कार्यान्वयनमा ल्याउने व्यवस्था गरेको छ । तर पनि अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन त्यती सन्तोषजनक रहेन । विकास निर्माणमा असारै प्रबृती कायमै रहदा असर महिनामा मात्र कुल पुँजीगत खर्चको ३५ प्रतिशत बजेट खर्च भयो । चालु वर्षमा बजेट खर्चलाई प्रभावकारी बनाउन खर्च प्रणालीमा सुधार आवश्यक रहेको सुझाव विज्ञहरुले दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x