Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

काठमाडौं, १ साउन । आर्थिक वर्ष २०७६÷७७ को पहिलो कारोबार दिन बुधबार (आज) सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । सरकारले बजेट सार्वजनिक गरेसँगै बजारमा सुधारको अपेक्षा गरिएपनि क्रमश घटेको बजारमा चालु वर्षको पहिलो दिन हरियाली छाएको हो ।

आज बजार १५.८५ अंकले बढेर १२७४.८६ विन्दुमा बन्द भएको छ । आज देखि लगानीकर्ताहरुले पुँजीगत लाभकरमा पनि सहुलियत पाएका छन् । यसअघि ७.५ प्रतिशत रहेको पुँजीगत लाभकर आज देखि ५ प्रतिशत लाग्ने छ । अर्थमन्त्रीले चालु वर्षको बजेट भाषणा मार्फत पुँजीगत लाभकरलाई घटाएका थिए । यसबाट पनि लगानीकर्ताहरु उत्साहि नै देखिन्छन् । त्यसको प्रभाव बजारमा आगामी दिनमा पनि सकारात्मक पर्ने विश्वास लिइएको छ ।

त्यस्तै आज कारोबारमा आएका अधिकांश कम्पनीहरुको परिसुचकमा सुधार देखिएको छ । नेप्सेमा सूचिकृत ११ समूहमध्ये ९ समूहको उपसूचकमा बृद्धि भएको छ । सबैभन्दा बढी उपसूचक बृद्धि हुनेमा निर्जीवन बीमा समूह रहेको छ । निर्जीवन बीमा समूहको ५५.०२ अंकले उपसूचकमा बृद्धि आएको छ ।

आज १ सय ६७ कम्पनीको १३ लाख ७५ हजार १ सय ९० कित्ता सेयर खरिद–विक्री हुँदा ४२ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । उक्त बैंकको ४ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । इन्स्योरेन्स कम्पनीको २ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x