उत्पत्तिको प्रमाण पत्र अब अनलाईनमा

काठमाडौं, १ साउन । अनलाइनबाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यको सुरुवात गर्न ‘सफ्ट लन्च’ गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रुपमा उक्त कार्यको सुरुवात गरेका हुन् । आज यसको सफ्ट लन्च गरिएको भएपनि भदौ १ गतेदेखि ललितपुर उद्योग वाणिज्य संघबाट औपचारिक सुरुवात गरिने बताईएको छ ।

उद्योग मन्त्रालयका सचिव अधिकारीका अनुसार उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको समेत बचत हुन गई व्यवसाय लागतमा कटौती भई व्यापार विस्तारमा सहयोग पुग्ने छ । त्यस्तै अनलाइन प्रणालीबाट जारी भएको उक्त प्रमाणपत्र कानूनी रूपमा मान्य हुने महासंघकी अध्यक्ष राणाले बताइन् ।

नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएको जनाएको छ ।

अनलाइन प्रणालीमा गएपछि महासंघ, उत्पत्तिको प्रमाण पत्र जारी गर्ने निकाय तथा भन्सार कार्यालयबीच सम्पर्क कायम रहने, पेपरलेस हुने भएकाले भन्सार लगायत कार्यालयहरूमा समेत उत्पत्तिको प्रमाण पत्र बुझाइरहन आवश्यकता नहुने, अनलाइनबाटै हेर्न सकिने, उत्पत्तिको प्रमाण पत्र भर्ने क्रममा एक पटक प्रविष्ट भैसकेपछि पुनः उत्पादक, वस्तु, हार्मोनाइजेशन कोड (एचएस कोड) लगायतको जानकारी सजिलै प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *