Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट इन्धन भित्र्न थाल्यो

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट इन्धन भित्र्न थाल्यो

काठमाडौं, २ साउन । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट इन्धन पठाउन सुरु गरिएको छ । भारतीय आयल निगमले हिजो मोतिहारी डिपोबाट पहिलोपटक डिजेल पठाएको हो । यसअघि पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो ।

उक्त परीक्षण सफल भएकाले डिजेल पठाइएको नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदिप यादवले जानकारी दिए । मोतिहारीबाट हालिएको डिजेल बिहीवार साँझसम्म पाइपलाइनबाट निगमको अमलेगञ्ज डिपोमा आइसक्ने यादवले जानकारी दिए । अव पाइपलाइनबाट डिजेलको नियमित आपूर्ति हुनेछ ।

पाइपलाइनको पेट्रोलियम ‘फ्लो’ मापन उपकरण र कम्प्युटर जडान गर्नेबाहेकका सबै काम पूरा भइसकेको छ । १५ दिनभित्र बाँकी काम पनि पूरा गरिसक्ने लक्ष्य आयोजनाको छ । आउँदो अगस्ट १५ भित्र नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने योजना रहेको छ ।

मोतिहारीबाट ६९ किमीको दूरीमा पर्ने अमलेखगञ्ज नेपाल–भारत सीमाबाट ३७ किमी टाढा पर्छ । भारत विहारको पटनादेखि अमलेखगञ्जसम्मको पाइपलाइन २६८ किलोमिटर छ । सुरुमा डिजेल आपूर्तिको परीक्षण हेरेर पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल पनि ढुवानी गरिने निगमको योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x