ट्रयाकिङ सिस्टमले स्वच्छ व्यवसायको प्रवद्र्धन गर्छ : महानिर्देशक मैनाली

काठमाडौं, २ साउन । सरकारले हिजो देखि व्यवसायीक मालसामान ढुवानी विवरणलाई अनलाईन निगरानी गर्ने मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम) लागु गरेको छ । यो सिस्टमले अवैध व्यवसायलाई निरुत्साहित गरि स्वच्छ व्यवसायको प्रवद्र्धनमा ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । यो सिस्टमको फाइदा र प्रयोगको तरिकाबारे राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँगको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।