सेयर बजारको उत्साह एक दिन पनि टिकेन, बजार घटेसँगै कारोबार रकममा पनि कमी

काठमाडौं, २ साउन । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयरबजारमा देखिएको उत्साह एक दिन पनि टिक्न सकेन । आर्थिक वर्ष २०७६÷७७ को पहिलो दिन हिजो १५ अंकले बढेको सेयर बजारमा आज पुन २.३७ अंकको गिरावट आएको छ ।
आज १ सय ५८ कम्पनीको १२ लाख ५० हजार ७ सय ८ कित्ता सेयर खरिद–विक्री हुँदा ४१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ४२ करोड ६७ लाखरुपैयाँ बराबरको सेयर करोबार भएको थियो ।
त्यस्तै सबैभन्दा बढी सेयर कारोबार छिमेक लघुवित्त विकास बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । उक्त लघुवित्त विकास बैंकको ५ करोड १७ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको हो । त्यसैगरी बढी सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ ।
नेप्सेमा सूचिकृत ११ समूहमध्ये ३ समूहको उपसूचकमा बृद्धि भएको छ भने अन्य सबैको उपसूचकमा गिरावट आएको छ । उपसूचक बृद्धि हुनेमा फाईनान्स समूह ३.०३ अंक, उत्पादन तथा प्रशोधन समूह ५.३९ अंक र माईक्रोफाइनान्स समूहको ०.१८ अंक रहेको छ ।