Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रभु बैंकका ‘प्रभु वेलकम ’ र ‘प्रभु स्यालरी सेभिङ्ग’ खातावालाले १० लाखसम्मको बीमा सुविधा पाउने

प्रभु बैंकका ‘प्रभु वेलकम ’ र ‘प्रभु स्यालरी सेभिङ्ग’ खातावालाले १० लाखसम्मको बीमा सुविधा पाउने

काठमाडौं, २ साउन । प्रभु बैंक लिमिटेडका ‘प्रभु वेलकम’ र ‘प्रभु स्यालरी सेभिङ्ग’ खाता वालाहरुले दुर्घटना वापत १० लाखसम्मको बिमा रकम प्रप्त गर्ने भएका छन् । बैंकले हिजोबाट लागु हुने गरी उक्त बचत खाता हुनेहरुका लागि औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको हो ।

उक्त योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा औषधिपचार बिमा बापत ३ लाख रुपैयाँ र दुर्घटना बिमा बापत १० लाख रुपैयाँ बैंकले वहन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधा ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भई १ सय ५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गराउन सक्ने बैंकले जनाएको छ । त्यस्तै अकल्पनीय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बैंकको दावी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x