एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई मेघा हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं, २ साउन । एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई ललितपुरको धोबिघाटमा रहेको मेघा हस्पिटल प्रा.लि.मा उपचार गराउदा २० प्रतिशत छुट हुने भएको छ । बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक र ग्राहकहरुलाई छुट दिन हस्पिटल र बैंकबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकका डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरेका हुन् । त्यस्तै हस्पिटलमा औषधि खरिद गर्न आउने बैंकका कर्मचारी र ग्राहकलाई १० प्रतिशत छुट हुने बैकले जनाएको छ ।
हाल बैंकले २ सय ९२ शाखा कार्यालय, ३ सय २ एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ ।