प्यान दर्ता र बैंक मार्फत तलब भुक्तानी गर्ने अवस्था छैनः घरेलु तथा साना उद्योग महासंघ

काठमाडौं, २ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवसायीहरुको अवस्था नरहेको जनाएको छ । सरकारले आर्थिक वर्ष २०७६÷७७ देखि निजी क्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य प्यान दर्ता गरी बैंक मार्फत् तलव भुक्तानी गर्नुपर्ने व्यवस्था गरेपछि महासंघले यस्तो आपत्ति जनाएको हो । महासंघले उक्त नियम लागु गर्न सरकारसँग थप समय उपलब्ध गराउन आग्रह समेत गरेको छ ।
त्यस्तै सामजिक सुरक्षा कोषको व्यवस्था पहिले ठूला र मझौला उद्योगमा लागु गरि त्यसको व्यवहारिक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागु गर्न श्रम मन्त्रालय र निजि क्षेत्रका बिच मौखिक सहमति भएको पुष्ठभुमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि थप ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले आग्रह गरे ।