Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

समयमा वर्षा नहुदा गत वर्ष भन्दा २३ प्रतिशत कम रोपाइँ, उत्पादन घट्ने अनुमान

समयमा वर्षा नहुदा गत वर्ष भन्दा २३ प्रतिशत कम रोपाइँ, उत्पादन घट्ने अनुमान

काठमाडौं,३ साउन । साउन पहिलो हप्ता सम्म आइपुग्दा  देशभर जम्मा ४०.४६ प्रतिशत मात्र धान रोेपाइँ भएको छ । गत बर्षको तुलनामा यस वर्ष २३.४२ प्रतिशतले कम रोपाइ भएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्याङ्क अनुसार ४०.४६ मात्र रोपाइ भएको जनाएको हो । यस अवधिमा गत वर्ष ६३.८८ प्रतिशत रोपाइ भएको थियो ।

मन्सुन ढिलाइका कारण रोपाइ कम भएको मन्त्रालयले जनाएको छ ।  तराइमा भएको डुवना एव आएको बाढीको कारण रोपाइ प्रभावित भएको हो । मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गत वर्ष अनुकूल मौसम, पर्याप्त सिँचाइ र रासायनिक मल उचित प्रबन्ध भएकै कारण ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । समयमै प्रयाप्त रोपाइ नभएपछि यस बर्ष धान उत्पादन कम हुने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x