Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष महर्जनद्वारा सपथ ग्रहण

प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष महर्जनद्वारा सपथ ग्रहण

काठमाडौं, ३ साउन । प्रोग्रेशिभ फाइनान्स लिमिटेडका अध्यक्ष किशोर कुमार महर्जनले सपथ ग्रहण गरेका छन् । गत आइतबार सम्पन्न फाइनान्सको बार्षिक साधारण सभाबाट ६ जना नवनिर्वाचित संचालकहरु मध्येबाट अध्यक्षमा चयन भएका उनलाई नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले सपथ ग्रहण गराएका हुन ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । अध्यक्षको सपथ ग्रहण गरे लगत्तै उनले नवनिर्वाचित अन्य संचालकहरुलाई सपथ ग्रहण गराएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x