Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

चेम्वरमा आवद्ध उद्योगलाई अनलाईनबाटै उत्पतिको प्रमाण पत्र

काठमाडौ, ३ साउन । नेपाल चेम्वर अफ कमर्सले व्यवसायीलाई उत्पतिको प्रमाण पत्र अनलाईनबाट दिने व्यवस्थाको सुरुवात गरेको छ । आज एक कार्यक्रम आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले उक्त अनलाईन प्रमाण पत्रको उद्घाटन गरे ।

नेपाल सरकारले लिएको डिजिटल नेपालको परिकल्पनालाई यस कार्यले टेवा पु¥याउने उद्योग सचिव अधिकारीले बताए । अनलाईन मार्फत् दिईने यस्तो प्रमाण पत्रको कारण कागजकोे प्रयोगमा कमी आउने चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए । यो व्यवस्थाले व्यवसायीलाई भन्सारमा प्रमाण पत्र देखाउन सहज हुने उनको भनाइ छ ।

उत्पतिको प्रमाण पत्र सरकारले साउन १ गतेबात नै उद्योग वाणिज्य महासंघ, चेम्वर र उद्योग परिसंघमा आवद्ध व्यवसायीलाई दिने योजना बनाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x