Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रियो, १२ खर्ब ९९ अर्बको बस्तु आयात

आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रियो, १२ खर्ब ९९ अर्बको बस्तु आयात

काठमाडौं, ३ साउन । चालु आर्थिक वर्षको एघार महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बढेको हो ।

तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने यो अवधीमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ ।

बस्तु आयात
एघार महिनामा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँको बस्तु आयत भएको छ । यो अवधीमा बस्तु आयात १७.३ प्रतिशतले बढेको छ। तर त्यो अवधीमा निर्यात भने ८७ अर्ब ८३ करोड रुपैयाँको मात्र भएको छ।

शोधनान्तर घाटामा
यस्तै यस अवधीमा चालु खाता घाटा विस्तार भई २ खर्ब ४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x